FAQs Complain Problems

अपडेट

सूचना तथा समाचार

बलेफी गाउँपालिकाको स‍ंक्षिप्त परिचय

भौगोलिक अवस्थिति
बागमती प्रदेश अन्तर्गतको बलेफी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तह मध्ये महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको स्थानीय तह हो । यो गाउँपालिका जलबिरे, फुल्पिङकोट, फुल्पिङडाँडा र मांखा गाविसहरु समेटेर स्थापना भएको हो । यस गाउँपालिको कुल क्षेत्रफल ६१.६० वर्ग कि.मी. रहेको छ । यहाँ हिन्दु, बौद्ध र क्रिश्चियनहरुको बसोबास रहेको छ । यहाँको मुख्य भाषा नेपाली हो, त्यस्तै तामाङ, नेवार र अरु भाषा पनि बोलिने गर्दछन् । यस गाउँपालिकाको कुल जनसंख्या १७०८५ रहेको छ । ‘गाउँपालिका, नगरपाकिला तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग’ले बलेफी गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरको छ । सोही आधारमा गाउँपालिकाले प्रशासनिक एवं सेवा प्रवाहका कार्य गरिरहेको छ । बलेफी गाउँपालिकाको पूर्वमा बाह्रबिसे नगरपालिका, पश्चिममा चौतारा साँगाचोकगढी नगरपालिका, उत्तरमा जुगल गाउँपालिका र दक्षिणमा सुनकोशी गाउँपालिका रहेका छन् ।

ऐतिहासिक चिनारी तथा नामाकरण
बलेफी गाउँपालिका सिन्धुपाल्चोक जिल्ला भित्रको एउटा सुन्दर गाउँपालिका हो । यो जिल्लाको मध्य भागमा अवस्थित छ । काठमाडौंबाट अरनिको राजमार्ग हुँदै ७५ किलोमिटर दुरी पार गरेपछि बलेफी गाउँपालिको प्रशासनिक कार्यालय पुगिन्छ । बलेफी गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको बलेफी बजार समुन्द्र सतह देखि ८०० मिटरको उचाईमा रहेको छ । सिन्धुपाल्चोक जिल्लाका साविकका ४ वटा गाविसहरु समेटी नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७१ मंसिर २६ गतेको निर्णयअनुसार बलेफी गाउँपालिका घोषणा भएको हो । साविकका गाविसहरु क्रमशः जलबिरे, फुल्पिङकोट, फुल्पिङडाँडा र मांखा मिलेर बलेफी गाउँपालिकाको भौगोलिक संरचना बनेको छ । बलेफी गाउँपालिकाको कुल क्षेत्रफल ६१.६० वर्ग कि.मि रहेको छ । यस गाउँपालिकामा खेतीयोग्य उर्वर भूमिको साथै पशुपालनका लगायत आन्तरिक पर्यटन उद्योगको प्रचुर सम्भावना रहेको छ । भोटेकोशी र ब्रम्हायणी नदीको संगमस्थल बलेफी बजारको नामबाटै गाउँपालिकाको नामाकरण गरिएको हो । अरनिको राजमार्ग, जुगल हिमालको आधारशिवीर जाने मुल बाटो बलेफी चर्चीत एवं ऐतिहासिक बजार हो । बलेफी दोभानमा ऐतिहासिक कपिलेश्वर महादेव मन्दिर रहेको छ ।

राजनीतिक अवस्थिति
बलेफी गाउँपालिका संघीय गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने गाउँपालिका हो । यो गाउँपालिका सिन्धुपाल्चोक जिल्लाका ९ गाउँपालिका मध्ये केन्द्र भागमा रहेको छ । समुद्री सतहबाट ८ सय देखि २४ सय मिटरको उचाइमा रहेको बलेफी गाउँपालिकाको केन्द्र बलेफी बजारमा छ । पालिकाको नयाँ प्रशासनिक भवन बलेफी बजारदेखि केही माथि बनिरहेको छ ।

धरातलीय अवस्था
बलेफी गाउँपालिका सुनकोशी र बहयणी नदीको पवित्र संगम स्थल पूर्व, पश्चिम र दक्षिणी सिमानामा तर्फ नदी छ । बलेफी गाउँपालिका प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले उत्कृष्ट गाउँपालिकाहरुको सूचिमा पर्छ । गाउँपालिकाको प्रमुख प्राकृतिक सम्पदाहरुमा जलश्रोत, जङ्गल र टाकुराहरु छन् । गाउँपालिकाको पुर्वमा रहेको प्रमुख भन्सार बिन्दु तातोपानी अरनिको राजमार्ग जाने सडक पनि यसै गाउँपालिकामा पर्दछ ।
भौगोलिक रुपमा यस गाउँपालिकाको अधिकाशं भाग भिरालो भू–धरातल छ र धेरै जसो सुख्खा पाखो जग्गा भएकोले वर्षाद धेरै हुँदा पहिरो र जाने समस्या छ भने अर्कोतिर कम वर्षाद हुँदा खडेरीको समस्या सामना गर्नुपर्ने अवस्था रहेको छ । यस गाउँपालिकाको पहिलो र प्रमु्ख घटना भूकम्प, पहिरो र बाढी, हावाहुरी, विद्युतीय करेण्ट लाग्ने र आगलागी हो । यसका अलावा खडेरी वन्यजन्तुको आक्रमण आदी यहाँ हुने अन्य प्रकोप रहेका छन् जसमध्ये सबैभन्दा बढी दुःख दिने र बारम्बार आइरहने प्रकोपका रुपमा खडेरी, आगलागी, चट्याङ्ग, असिनाको प्रभाव, हावाहुरी नै देखिएकोले यस गाउँपालिका विपदका दृष्टिकोणले संकटासन्न अवस्थामा रहेको छ । यस गाउँपालिकामा ठूलो संख्यामा जनजातिहरु नेवार, तामाङ्ग, दलित, ब्राम्ह्ण र क्षेत्रीहरुको बसोबास रहेको पाइन्छ ।

प्राकृतिक सम्पदा
बलेफी गाउँपालिकामा नदी र नदीजन्य पदार्थ, प्रसस्त पानी, बनजंगल, जडिबुटी रहेका छन् । बलेफी दोभान आफैंमा चर्चीत प्राकृतिक दोभान हो । पहाडी भूबनौटको बलेफी गाउँपालिका प्राकृतिक सम्पदाले भरिएको क्षेत्र हो । सेल्ताप, चिलाउने, नौविसे, जलविरे, बनकाली, धुस्कोट फुल्पिङडाँडा मनमोहक र लोभलाग्दा स्थान बलेफी मै पर्दछन् ।

Pages