संक्षिप्त परिचय

Welcome to Balephi Gaupalika !!

बलेफी गाउँपालिका मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत वागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाउँपालिकाको  कुल क्षेत्रफल ६१.८७ वर्ग कि.मी. छ । यो गाउँपालिका साविकको ४ वटा गाविस माङ्खा, फूल्पिङडाँडा, फूल्पिङकोट र जलविरे गाविसहरु मिलाएर बनाइएको छ । यहाँ विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु, बौद्ध र  क्रिचियनहरुको  बसोबास रहेको छ, जसले सार्वलौकिक सँस्कृती झल्काउँछ । यहाँको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै तामाङ, नेवारी र अरु भाषा पनि बोलिने गर्दछन् ।

गाउँपालिकाको जनसंख्या वि.स. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार निम्नानुसार रहेको छ:

कुल जनसंख्या पुरुष महिला प्रतिपरिवार सदस्य संख्या प्रति वर्ग कि मी जनघनत्व घरधुरी
१८९०९ ९००२ (४७.६०%) ९९०७ (५२.४०%) ४.२६ ३०५.६२ ४४२९
सि.न साविक गाविस जनसंख्या जम्मा घरधुरी
जम्मा पुरुष महिला
माङखा ७७५२ ३६९८ ४०५४ १८६०
फूल्पिङडाँडा ४८०२ २३०५ २४९७ १०५४
फूल्पिङकोट ३८१५ १७७१ २०४४ ९०४
जलविरे २५४० १२२८ १३१२ ६११
जम्मा १८९०९ ९००२ ९९०७ ४४२९

हाल बलेफी गाउँपालिकाको केन्द्र रहेको बलेफी बजारको उचाई समुद्रको सतह देखि ९०० मीटर छ ।

सिमानाः

पुर्व:- जुरे पहिरो/बाह्रविसे नगरपालिका
पश्चीम :– ब्रम्हायणी नदी/चौतारा साँगाचोकगढी नगरपालिका
उत्तरः :– जुगल गाउँपालिका
दक्षीण :– सुनकोशी नदी/सुनकोशी गाउँपालिका